काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३८ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
प्रतिक्रिया