• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्ने

    427
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच आज निर्वाचनबारे छलफल हुने भएको छ ।

    यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतल निवासमा भएको थियो । त्यसैको निरन्तरतास्वरुप प्रधानमन्त्री कार्कीले आज तीन दलका शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन् ।

    शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए ।

    साथै मन्त्री खरेलले शनिबार ४ बजे तीन दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले भेटवार्ता र छलफल गर्ने कार्यक्रम राखेको जानकारी गराएका थिए ।

    यसअघि मन्त्री खरेलसहित कानुन मन्त्री अनिलकुमार सिन्हाले जेनजी आन्दोलनमा क्षति भएका राजनीतिक दलका कार्यालयको अनुगमन र दलका नेताहरूसँग कुराकानी गरेका थिए ।

    पुस ८ र ९ गते एमाले, कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, राप्रपा र जनमत लगायत पार्टीका कार्यालय पुगेर स्थलगत अनुगमन गरेका मन्त्री खरेलले त्यसलगत्तै प्रमुख दलका शीर्ष नेतालाई निवासै पुगेर निर्वाचनको वातावरण बनाउने प्रयासलाई निरन्तरता दिएका हुन् ।

    सरकारले फागुन २१ मा निर्वाचन गर्ने तयारी गरेपनि दलहरूले शान्ति सुरक्षा लगायतमा प्रश्न उठाउँदै आएका छन् । खासगरी नेकपा एमालेले यसबारे प्रश्न उठाइरहेका बेला सरकारका मन्त्रीहरू नेता र पार्टी कार्यालय पुगेर निर्वाचनको वातावरण बनाउने प्रयत्नमा लागेका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ