काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन् । शर्मालाई आज २ बजे शपथ गराउने तयारी भएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जानकारी दिएको छ ।
उनलाई पराराष्ट्रको जिम्मेवारी दिने तयारी भएको बताइएको छ । उक्त मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्की आफैँले सम्हाल्दै आएकी छन् ।
शर्मा यसअघि सेना समायोजन विशेष समिति सचिवालयको संयोजक समेत बनेका थिए ।
प्रतिक्रिया