• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    देउवासँग आचार्यको भेट, देश समृद्ध बनाउन काँग्रेसमा युवालाई मौका दिन आग्रह

    1.2K
    SHARES



    काठमाडौँ । नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं.१ को प्रत्यक्षतर्फ प्रकाशमान सिंह सँगै सिफारिस भएर तरङ्ग पैदा गराएका नेता बाबुराम आचार्यले नेपाली काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।
    उनले माहारजगंजस्थीत सभापति देउवा निवासमा भएको आजको भेटलाई काँग्रेसकृतमा अर्थपूर्ण रूपले हेरिएको छ । आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको समयमा गरिएको भेटले सम्भावना बलियो देखिएको छ ।

    क्षेत्र नम्बर १ मा प्रकाशमान सिङ दोहोरिए , सुनसरी क्षेत्र नम्बर ४ मा बाबुराम आचार्यलाई सिफारिस गर्ने सम्भावना बलियो देखिन्छ ।

    अर्कोतर्फ पछिल्लो समयमा आएको युवाहरूको माहौलमा फागुन २१ गतेको आम निर्वाचनमा युवाहरूलाई समेटेर लानु पर्ने स्थिति र काठमाडौँ १ का जनता ले युवा उम्मेदवार प्रति देखाएको रुचिले बाबुराम आचार्यको विकल्प देखिन्न ।

    २५ वर्षदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहेको बताउँदै आएका बाबुरामले टिकट पाएर सांसद र मन्त्री भएर झन्डा हल्लाउनेभन्दा पनि देश र जनताको असली सेवक हुने आफ्नो प्रतिज्ञा रहको बताउँदै आएका छन् ।

    नेपाली काँग्रेस बलियो बनाउनको लागि जीवनभर लाग्ने बचनसहित आफूलाई काठमाडौँ क्षत्र नम्बर १ को टिकट दिएर काँग्रेस, लोकतन्त्र र देशलाई न्याय गर्न सभापति देउवालाई अनुरोध गरेको बताएका छन् ।

    सभापतिसँगको भेटमा बाबुराम आचार्यले भनेका छन्, ‘मैले ४ पटक आदरणीय नेता प्रकाशमान सिंहलाई काठमाडौँ १ बाट बिना सर्त मतदान गरेको र गराएको बताउँदै आफू प्रकाशमान सिंहको विकल्पको रूपमा रहन तयार रहेको जानकारी गराएका छन् ।

    काँग्रेसले विशेष निर्णय नगरे देशभर पार्टीको अवस्था कमजोर रहने कुरालाई अत्यन्तै गम्भीर ढङ्गले बुझ्न आग्रह गर्दै पार्टी बलियो बनाउन, देश समृद्ध बनाउन सक्षम युवाहरूलाई नेपाली काँग्रेसले चिन्न अव ढिला गर्न नहुने भन्दै सभापतिलाइ जानकारी गराएका छन् ।

    साथै गुट-उपगुटभन्दा माथी उठेर सक्रिय रहेको तथा पार्टीले गरेको निर्णय मान्य हुने भन्दै काँग्रेस पार्टी भने आन्तरिक रूपमा नसच्चिई नहुने अवस्था पुगेको बताएका छन् । भेटमा आफुले टिकट पाए अत्यधिक मतले निर्वाचन जित्ने दाबी गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ