• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    रूसी वरिष्ठ जनरल मारिएको ठाउँ नजिक फेरि विस्फोट, दुई प्रहरीको मृत्यु

    310
    SHARES



    काठमाडौँ । रूसको राजधानी मस्कोमा बम विस्फोट हुँदा २ प्रहरीसहित तीन जनाको मृत्यु भएको छ। एक व्यक्ति शंकास्पद गतिविधि गरिरहेको जस्तो देखिएपछि दुई जना प्रहरी अधिकारी ती व्यक्ति नजिक पुगेका थिए।

    उनीहरू नजिक पुग्नासाथ ठूलो आवाजसहित विस्फोट भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। विस्फोटमा परी दुई प्रहरी अधिकारी र ती संदिग्ध व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। अर्का व्यक्ति को हुन् भन्ने विषयमा खुलाइएको छैन।

    बुधबार विस्फोट भएको स्थान सोमबार कार बम विस्फोट भएको नजिकै रहेको रोयटर्सले जनाएको छ। सोमबार बिहान आफ्नो कारमुनि राखिएको बम विष्फोट हुँदा रूसी जनरल स्टाफको ‘अपरेशनल ट्रेनिङ’ विभागका प्रमुख लेफ्टिनेन्ट जनरल फानिल सरवारोभको मृत्यु भएको थियो।

    रूसी अनुसन्धानकर्ताहरूले सो हत्यामा युक्रेनको संलग्नता हुन सक्ने आशंका गर्दै अनुसन्धान गरिरहेको छ। बुधबार मारिएका तेस्रो व्यक्ति घटनामा संलग्न हुन् कि अरू नै हुन् भन्ने विषय पनि खुलेको छैन। केही अनौपचारिक रूसी टेलिग्राम च्यानलहरूले घटनास्थलमा रहेका ती तेस्रो व्यक्तिले नै विस्फोट गराएको दाबी गरेका छन्।

    प्रहरी नजिक आएपछि आफैं बम विस्फोट गराएका थिए भनेर ती च्यानलहरूले उल्लेख गरेका छन्। तर यी विवरणहरू स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् भनेर रोयटर्सले लेखेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ