• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    नबिल बैंक युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    1.1K
    SHARES



    काठमाडौं । नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ। ट्रान्ज्याक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री तथा ग्राहककेन्द्रित सेवा प्रवाह गरेको भन्दै बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो।

    व्यक्तिगत, संस्थागत तथा साना तथा मझौला उद्यम (एसएमई) ग्राहकहरूका लागि उपलब्ध गराइएका प्रभावकारी डिजिटल भुक्तानी सेवा तथा ट्रान्ज्याक्सन बैंकिङ समाधानका कारण नबिल बैंक यस अवार्डका लागि छनोट भएको जनाइएको छ। बैंकले प्रविधिको अधिकतम उपयोग गर्दै आफ्ना सेवाहरूलाई सरल, सुरक्षित र छरितो बनाउँदै आएको छ, जसले ग्राहकहरूको दैनिकी तथा व्यवसाय सञ्चालनलाई सहज बनाएको बैंकले जनाएको छ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको सर्वाेत्कृष्ट ट्रान्ज्याक्सन बैंकका रूपमा नबिल बैंक सम्मानित हुनु गर्वको विषय भएको बताए। “यो सम्मान हाम्रो निरन्तर मेहनत, नवप्रवर्तनप्रतिको प्रतिबद्धता र ग्राहकहरूको विश्वासको परिणाम हो। हामी हाम्रा सबै ग्राहक तथा कर्मचारीप्रति हार्दिक आभार व्यक्त गर्दछौँ,” उनले भने।

    विश्वभर बैंकिङ तथा वित्तीय क्षेत्रको मूल्यांकन गर्ने युरोमनी अवार्डलाई विश्वसनीय र प्रतिष्ठित अवार्डका रूपमा लिइन्छ। यस अवार्डमार्फत सेवा उत्कृष्टता, नवप्रवर्तन, रणनीतिक स्पष्टता तथा ग्राहक अनुभवमा अग्रणी संस्थाहरूलाई सम्मान गरिन्छ।

    सन् १९९२ मा स्थापना गरिएको युरोमनी अवार्ड विश्व बैंकिङ क्षेत्रमा सुरु गरिएको पहिलो अवार्ड हो। यो अवार्डले बैंकहरूको गुणस्तरीय सेवा, सृजनात्मकता तथा ग्राहकप्रतिको विशेषज्ञतालाई सम्मान गर्दै आएको छ र हाल विश्वका १०० भन्दा बढी देशमा सञ्चालन हुँदै आएको छ।

    नबिल बैंक नेपालको अग्रणी बैंकहरूमध्ये एक हो। बैंकले देशभर रहेका २६८ शाखा तथा ३२१ एटिएममार्फत २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ। विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै आएको छ भने नेपालको बैंकिङ विकासको इतिहासमा महत्वपूर्ण कोसेढुङ्गाका रूपमा आफ्नो भूमिका निर्वाह गर्दै आएको छ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ