काठमाडौं । नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ । ११औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्न लागेको हो ।
मंसिर २७ गते भक्तपुरमा उद्घाटन भएर सुरु भएको महाधिवेशन पुस ३ गते बिहीबार नयाँ नेतृत्व चयन गर्दै सकिएको हो । केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्न लागेको हो ।
महाधिवेशनपछि बस्न लागेको पहिलो केन्द्रीय कमिटी बैठकले पार्टीको आगामी कार्यक्रम, पोलिटब्यूरो र स्थायी कमिटी गठनका विषयमा छलफल गर्नेछ ।
११ औं महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
प्रतिक्रिया