• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एमाले ११औं महाधिवेशन : आज नेतृत्व चयनका लागि इलेक्ट्रोनिक मतदान

    344
    SHARES



    काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। निर्वाचन कार्यतालिकाअनुसार मंगलबार नै मतदान हुने भनिए पनि प्राविधिक तथा व्यवस्थापन कारण एक दिनका लागि सारिएको थियो।

    मंगलबार साँझ भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू लाइनमा बसिसकेका बेला साँझ करिब ७ बजे निर्वाचन स्थगित गरिएको थियो। निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ।

    मतदान भृकुटीमण्डपमै हुनेछ तर अघिल्लो दिन तोकिएको हल परिवर्तन गरिने जनाइएको छ। एमालेले यसपटक नेतृत्व चयनका लागि इलेक्ट्रोनिक भोटिङ प्रणाली प्रयोग गर्न लागेको हो। मतदानका लागि आवश्यक विद्युतीय मेसिन जडानको काम मंगलबार नै सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ।

    निर्वाचनका लागि कुल ८० वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ। रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको उक्त मेसिनमार्फत २ हजार २६३ जना प्रतिनिधि मतदान प्रक्रियामा सहभागी हुनेछन्।

    नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। यद्यपि, केही केन्द्रीय सदस्य तथा निर्वाचन आयोगका पदाधिकारी र सदस्यहरू भने निर्विरोध निर्वाचित भइसकेका छन्।

    मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने र आजै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ