• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सातदलीय सहमतिपछि आज मधेश सरकार विस्तार, विश्वासको मत पुस ४ गते लिने

    400
    SHARES



    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

    सातदलीय गठबन्धनको सहमतिअनुसार जनमत पार्टीबाहेक अन्य दलबाट मन्त्रालयसहित एक–एक जना मन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ ।

    आज बसेको सातदलीय गठबन्धनको बैठकले तत्काल गठबन्धनमा सहभागी सात दलबाट प्रतिनिधित्व हुने गरी मन्त्रालय तोकेर मन्त्री नियुक्त गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । उनका अनुसार आगामी पुस ४ गते मुख्यमन्त्री यादवले प्रदेश सभामा विश्वासको मत लिने निर्णयसमेत भएको छ ।

    मुख्यमन्त्री यादव गत मङ्सिर १९ गते छ दलको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

    उनले मङ्सिर २१ गते प्रदेश प्रमुखबाट पद तथा गोपनियताको सपथ लिएका थिए । त्यसलगत्तै उनले तीन दलबाट तीन जना मन्त्री नियुक्त गरेका थिए ।

    जनमत पार्टीबाट संसदीय दलका नेता महेशप्रसाद यादव अर्थमन्त्री बनेका थिए भने नेपाली कांग्रेसबाट जङ्गीलाल राय यादव र नेकपा (एकीकृत समाजवादी) बाट कनिश पटेल बिना विभागीय मन्त्री नियुक्त भएका थिए ।

    सातदलीय गठबन्धनमा मन्त्रालय भागबण्डा नमिल्दा हालसम्म दुई जना मन्त्री बिना विभागीय रहँदै आएका छन् । आज हुने मन्त्रिपरिषद् विस्तारमा ती दुवै मन्त्रीलाई मन्त्रालय दिँदै अन्य दलबाट समेत प्रतिनिधित्व गराउने तयारी मुख्यमन्त्री यादवले गरेका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ