• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एमालेको ११औँ महाधिवेशन : सुरु भयो बन्दसत्र

    519
    SHARES



    काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तरगत बन्दसत्र सुरु भएको छ । भृकुटिमण्डपमा केहीबेर अघिबाट बन्दसत्र सुरु भएको हो । बन्दसत्रको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

    आज बिहान ९ बजे नै सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय कमिटी बैठक लगायतका कारण सरेर दिउँसो ३ बजेपछि मात्रै सुरु भएको हो । हिजो भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको थियो ।

    बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटी बैठक बसेको थियो । बैठकले विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ । केन्द्रीय सदस्यको संख्या बढाउने र स्थायी कमिटी रहने गरी संशोधन गरिएको छ ।

    बन्दसत्रमा २ हजार २६२ जना प्रतिनिधि सहभागी छन् । यस्तै ओलीको सम्बोधनपछि अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले पनि सम्बोधन गर्नेछन् भने त्यसपछि केन्द्रीय कमिटी बैठकका निर्णय अनुमोदनसहित निर्वाचनसम्बन्धी कार्यतालिकालगायत पेस हुनेछ ।

    त्यसपछि नेतृत्व चयन गरेर मंगलबार महाधिवेशन सम्पन्न गर्ने एमालेको तयारी छ । अध्यक्षका लागि ओलीलाई पोखरेलले टक्कर दिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ