• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    विदेशी हस्तक्षेप रोक्ने हामीसँग ब्यालेस्टिक मिसाइलवाला तागत छैन : प्रचण्ड

    317
    SHARES



    सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हुने विदेशी चलखेल रोक्न ब्यालेस्टिक मिसाइलजस्ता हतियार नभई जनताको एकता नै निर्णायक शक्ति भएको बताएका छन्।

    शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले विदेशी हस्तक्षेप रोक्ने क्षमता सैन्य अस्त्र–शस्त्रमा नभई जनशक्तिमा निहित रहेको स्पष्ट पारे।

    ‘कतिपय विदेशी शक्तिहरूको चलखेल हुन्छ नै,’ प्रचण्डले भने, ‘तर हामीसँग कुनै ब्यालेस्टिक मिसाइल प्रयोग गरेर विदेशी चलखेल रोक्ने तागत छैन। हाम्रो मुख्य शक्ति भनेको जनताको तागत, जनताको एकता र जनताको चेतना हो।’

    प्रचण्डले पछिल्लो समय चर्चामा रहेको युवाहरूको ‘जेन–जी’ आन्दोलनले राजनीतिक दल र पुराना नेताहरूलाई गम्भीर चुनौती दिएको उल्लेख गरे। जेन–जीले दिएको ‘सच्चिने कि सक्किने’ चेतावनीलाई आफूले सकारात्मक रूपमा लिएको उनले बताए।

    ‘जेन–जी आन्दोलनले हामी पार्टी र नेताहरूलाई चुनौती दियो,’ उनले भने, ‘मैले त उनीहरूलाई धन्यवाद नै दिएँ—तपाईंहरूले हामीलाई सच्याउने मौका दिनुभयो।’

    उनले जेन–जी युवामाथि सरकारले गरेको दमन गलत भएको टिप्पणीसमेत गरे। युवाहरूले उठाएका धेरैजसो मागहरू आफ्नो पार्टीको एजेन्डासँग मेल खाने दाबी गर्दै प्रचण्डले भने, ‘अहिले हजारौँ जेन–जी युवाहरू हामीसँग जोडिनुभएको छ। उहाँहरूले हाम्रो अभिभावक प्रचण्ड नै रहेछ भन्नु भएको छ।’

    यसबाट कतिपय शक्ति नेपाली कम्युनिस्ट पार्टीतर्फ जनसमर्थन केन्द्रित हुँदै गएको देखेर आत्तिएको दाबी गर्दै उनले पार्टीले आत्मसमीक्षा गर्दै तल्लो तहसम्म पुगेकाले अहिले उत्साहको वातावरण बनेको बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ