• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    म र प्रचण्ड प्रधानमन्त्री हुँदा महत्वपूर्ण काम भएका छन् : माधव नेपाल

    117
    SHARES



    सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट नेतृत्वको सरकारले कुनै कामै नगरेको भन्ने आरोप तथ्यहीन भएको बताएका छन्।

    शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका समयमा देशका लागि महत्वपूर्ण विकासका कामहरू सम्पन्न भएको दाबी गरे।

    ‘म र प्रचण्डजी प्रधानमन्त्री भएका बेला राम्रा काम पनि गरेका छौँ, तर केही गरेनन् भन्छन्,’ उनले भने। कम्युनिस्ट सरकारकै पालामा मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, जनता आवास कार्यक्रम र युवालाई रोजगारी दिने पहलहरू अघि बढाइएको उनको भनाइ थियो।

    यद्यपि, उनले जनअपेक्षा अनुसार पर्याप्त काम हुन नसकेको स्वीकार पनि गरे। ‘जति गर्न सक्नुपर्थ्यो, त्यो नहुन सक्छ। तर केही पनि भएन भन्ने कुरा सत्य होइन,’ उनले भने, ‘हामीले शिर निहुराउनुपर्ने अवस्था छैन।’

    सम्बोधनका क्रममा नेता नेपालले अबको पार्टी इमानदार र सिद्धान्तनिष्ठ व्यक्तिहरूको पार्टी हुने प्रतिबद्धता व्यक्त गरे। भ्रष्टाचार र स्वार्थी प्रवृत्तिको अन्त्य नगरी देशलाई समृद्ध बनाउन नसकिने उनको धारणा थियो।

    ‘भ्रष्टाचार र स्वार्थी प्रवृत्तिलाई अन्त्य नगरेसम्म र साझा भावना स्थापित नगरेसम्म देश अघि बढ्न सक्दैन,’ उनले भने, ‘त्यसैले विगतका कमजोरी स्वीकार गर्दै इमानदार ढंगले काम गर्ने सोचसहित पार्टी एकता गरिएको हो।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ