• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कांग्रेसले १६५ निर्वाचन क्षेत्रका सभापतिसँग सदस्यताबारे जुम बैठक गर्दै

    110
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण र व्यवस्थापनका विषयमा देशभरका प्रतिनिधिसभा निर्वाचन क्षेत्र सभापतिहरूसँग आज (शनिबार) भर्चुअल छलफल गर्ने भएको छ। महामन्त्री गगन थापा संयोजकत्वमा रहेको पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिले १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सभापतिहरूसँग जुममार्फत छलफल गर्न लागेको हो।

    समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’का अनुसार शनिबार बिहान ९ बजे सुरु हुने भर्चुअल बैठकमा नयाँ क्रियाशील सदस्यता वितरणको प्रक्रिया, देखिएका समस्या, चुनौती र समाधानका उपायबारे विस्तृत छलफल गरिनेछ।

    उनले भने, “विधानअनुसार नयाँ क्रियाशील सदस्यता फारामहरू संसदीय निर्वाचन क्षेत्रहरूमा पठाइसकिएको छ। त्यसअन्तर्गत वडा, पालिका, प्रदेशसभा क्षेत्र र संघीय निर्वाचन क्षेत्र तहमा देखिएका अप्ठ्यारा, समस्या तथा समाधानका उपायबारे छलफल गरिनेछ।”

    यसअघि समितिले ७७ वटै जिल्लाका सभापतिहरूसँग क्रियाशील सदस्यता नवीकरणको विषयमा भर्चुअल बैठक सम्पन्न गरिसकेको छ। समितिले आइतबार पार्टीका विदेशस्थित जनसम्पर्क समितिहरूमा रहेका क्रियाशील सदस्यताको अवस्थासम्बन्धी विषयमा समेत निर्णय गर्ने जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ