काठमाडौं । नेपाली काँग्रेसले काठमाडौं क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फबाट नेता बाबुराम आचार्यको नाम सिफारिस गरेको छ । प्रत्यक्षमा आचार्यको नाम प्रकाशमान सिंहसँगै सिफारिस भएको हो । आज नेपाली काँग्रेस क्षेत्र नं.१ का सभापति रविन्द्र विक्रम राणाले समानुपातीक, राष्ट्रियसभामा बिभिन्न व्यक्तीहरुको नाम सिफारिस गरेका हुन्।
नेपाली जनताका ढुकढुकी, समाजसेवी, नेपाली काँग्रेसका युवा नेता मित्र बाबुराम आचार्य ज्युलाई आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सिफारिस भएका छन् । जेनजीलाई पनि मिलाएर लाने, जस्तोसुकै परिस्थितिमा पनि लड्न भिड्न सक्ने, द्वन्द्व कालमा पनि माओवादीले धेरै नै यातना दिएको, लोकतन्त्रका लागि प्रतिबद्ध उहाँजस्तो शिक्षित र विकासप्रेमी नेपाली काँग्रेसको युवा नेतालाई नेपाली काँग्रेसले प्रतिनिधि सभामा टिकट दिए विजयी हुने निश्चित भएको स्थानीय काँग्रेसजनले दाबी गरेको छन् ।
पटक–पटक मन्त्री बनेका प्रकाशमान सिंहले पार्टी र देशका लागि काम गर्न नसकेको भन्दै आलोचना भईरहेका बेला विभिन्न संस्थाबाट समाजसेवामासमेत सकृय युवा नेता आचार्यको प्तिनिधि सभा प्रत्यक्षका लागि नाम सिफारिस हुनुले काठमाडौं काँग्रेसमा हलचल मच्चिएको नेपाली काँग्रेसका युवा नेता सागर भट्टराईले बताए । नेता आचार्यले पत्रकारीता र राजनीति शास्त्रमा स्नातकोत्तर अध्ययन गरेका छन् ।
अढाई दशकदेशी नेपाली काँग्रेसमा सकृय आचार्य राजनीतिमा लागेका कारण अविबाहित रहेका छन् भने उनी पार्टीभित्र गुट उपगुटन्दा पनि लोकतन्त्र, देश र जनताका लागि असल भएको नेपाली काँग्रेसलाई आगामी निर्बाचनमा बहुमत प्राप्त पार्टी बनाउनुपर्ने भन्ने धारणा राख्ने गरेका छन् ।
अधिकाँस नेपाली काँग्रेस नेताहरुले शिक्षा स्वास्थ्य निशुल्क गर्न नसकिने बताउँदा शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सकिने र मुलुक विकासको पहिलो काम नै शिक्षा स्वास्थ्य निःशुल्क गर्नुपर्ने भएको उनको दाबी छ । समानुपातीक, प्रदेश संरचना, जातीय राजनीति खारेज गर्नुपर्ने उनको तर्क छ । नेपाली काँग्रेसले टिकट दिनैपर्ने नेता भएको तर्कहरु सामाजिक सञ्जालमार्फ विश्वभर बस्ने नेपालीहरबाट नेता आचार्यलाई दबाब आउन थालेको छ ।
जेनजी आन्दोलनपछि मनोवल घटेका शीर्ष नेताहरुलाईसमेत मिलाएर लाने क्षमता राख्ने नेता आचार्यले नेपाली काँग्रेसका संस्थापक समेत रहनुभएका सन्त नेता, पुर्व सभापति स्व.कृष्ण प्रसाद भट्टराईलेसमेत प्रतिष्पर्धा गरेको काठमाडौं क्षेत्र नम्बर १ प्रत्यक्षतर्फबाट टिक पाउन चुनौती भने नभएको होईन ।
प्रतिक्रिया