• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    धनगढी पुगेर प्रचण्डले भने : २६ भदौको राति देश डुब्योडुब्यो भन्ने अवस्था देखेर आयौं

    866
    SHARES



    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गत २६ भदौको राति देश डुब्योडुब्यो भन्ने अवस्था देखेर आएको बताएका छन् ।

    कैलालीको धनगढीमा शुक्रबार आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले संविधान च्यातिने, गणतन्त्र मासिने अवस्था नजिक पुगेर मुलुक फर्किएको बताएका हुन् ।

    ‘अहिले मुलुक २१ फागुनको निर्वाचनतर्फ उन्मुख भइरहेको छ । यो अवस्था आउन सहज थिएन । २६ गतेको राति देश डुब्यो–डुब्यो भन्ने देखेर आयौं,’ उनले भने, ‘ज्ञानेन्द्र शाहलाई नारायणहिटीमा आजै हुल्ने तयारी छ, दरबारको सरसफाइ गरिँदैछ, राष्ट्रपतिलाई राजीनामा गर्न दबाब दिइएको छ, राष्ट्रपतिले बरु म मर्छु राजीनामा दिन्न भनेका छन् भन्ने हल्ला एकातिर थिए । अर्कोतिर तुरुन्तै गणतन्त्र खारेज गर, संविधान खारेज गर भन्ने आवाज पनि सुनिएका थिए । त्यस्तो अवस्थाबाट मुलुक अहिले निर्वाचनउन्मुख भएको छ ।

    त्यस रात राष्ट्रपति कार्यालयबाट आकस्मिक बोलावट भएपछि आफू र माधवकुमार नेपालले शीतल निवास पुगेर संविधान र प्रणालीलाई जोगाउन सक्रिय भूमिका खेलेको बताए। ‘राष्ट्रविहीनजस्तै अवस्था आएको थियो। त्यस्तो संकट दोहोरिन नदिन वाम–देशभक्तहरूको ठूलो एकता आवश्यक छ,’ संयोजक प्रचण्डले भने ।

    त्यस्तै उनले अब कम्युनिस्ट पार्टीमा कुनै पुच्छर राख्न आवश्यक नभएको समेत बताएका छन् ।  सभामा सम्बोधन गर्दै प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी सबैको विचार अट्न सक्ने पार्टी भएको बताए ।

    ‘अब कम्युनिस्ट पार्टीमा कुनै पुच्छर राख्न आवश्यक छैन । नेपाली कम्युनिस्ट पार्टीमा अब एकीकृत समाजवादी छैन । माओवादी छैन । अरू कुनै केन्द्र छैन । सबै एउटै पार्टीमा समाहित भएका छौँ । विगतमा कम्युनिस्ट पार्टी नेपाल भनेर भूगोलको नाम राखियो । किनकि पार्टी जनताको हुन्छ । त्यसै भएर हामीले नेपाली कम्युनिस्ट पार्टी बनायौँ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ