• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    काँग्रेस नेता आचार्यको आरोपः कुलमान घिसिङ कारबाहीको पहिलो निशानामा पर्नुपर्छ

    1.1K
    SHARES



    काठमाडौं । नेपाली काँग्रेसका युवा नेता बाबुराम आचार्यले तीन तीन वटा मन्त्रालय सम्हालेका कुलमान जेनजीको कारबाहीको पहिलो निशानामा पर्नुपर्छ र पर्नेछन् ! भनेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै कुलमान धिसिगॅले पार्टी खोलेर खुला राजनीतिमा लागेको हो नै भने उनी गुण्डागर्दी शैलीमा खुलेआम जेनजी आन्दोलनको भावना बिपरीत अगाडी बढेको पुष्टी हुन्छ भन्दै उक्त कडा कुरा बताएका हुन् ।

    युवा नेता आचार्यले राजीनामा दिएर निर्वाचनमा प्रतिष्पर्धामा जाने बाटोमा उनी लाग्नु सरकारका लागि, देशका लागि, जनताका लागि, जेनजी आन्दोलनका लागि, मात्र नभएर स्वयम् कुलमानकै लागि घातक हुन्छ भन्ने दाबी गरेका छन् । कुलमान घिसिङको खुलेर प्शंसा गर्ने नेता आचार्यले पहिलोपटक आज स्टाटसु लेख्दै बिरोध गरेका छन् ।

    उनले प्रश्नसहित भनेका छन्, ‘‘अहिलेका सबैमन्त्रीले राजीनामा दिएर निर्बाचन लडे भने के होला ? कुलमानको देखासिखी हुन्न भन्ने छ र ? सरकार के का लागि बनेको भन्ने पनि त सोच्नुपर्ला नि ? राजीनामा नै दिने हो भने, प्रधानमन्त्रीबाट शुसीला कार्कीले दिने हो लण्ठै साफ!’’ नेता आचार्यले फेसबकुमा दाबी गर्दै भनेका छन् ।

    ‘‘त्ससपछिको परिस्थिति फरक होला, हुन्छ, आउने सरकारले गराएको चुनाव लड्दा सबैलाई ओके, नत्र सोच्नुस्, प्रधानमन्त्री शुसीला कार्कीले समेत सबैभन्दा भरपर्दा मानिएका तीन–तीन वटा मन्त्रालय सम्हालेका कुलमान जेनजीको कारबाहीको पहिलो निशानामा पर्नुपर्छ र पर्नेछन् !’’ यसलाई राम्रो सम्पादन गरेर नयाँ न्युज बनाइ देउ है ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ