• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    ओली सरकारले हाम्रो आवाज थुने पनि यो सरकारले सुन्यो : दुर्गा प्रसाईँ

    873
    SHARES



    काठमाडौँ। सर्वोच्च अदालतको आदेशमा आइतबार हिरासतमुक्त भएका अभियन्ता दुर्गा प्रसाईँले केपी ओली नेतृत्वको अघिल्लो सरकारले आफ्ना आवाज थुन्ने प्रयास गरेपनि वर्तमान सरकारले कम्तीमा सुन्ने काम गरेको बताएका छन्।

    तर, उनले आफ्नो आन्दोलन नरोकिएको जिकिर गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको विशेष आग्रहमा आज तय भएको बन्दसहितको कार्यक्रम स्थगित गरेर स्वरूपचाहिँ परिवर्तन गरेको बताए ।

    आइतबार सर्वोच्च अदालत परिसरबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईँले आफूलाई गैरकानुनी थुनाबाट मुक्त गरेकोमा सर्वोच्च अदालतलाई धन्यवाद दिए। उनले भने, ’सर्वप्रथम म सम्मानित सर्वोच्च अदालतलाई धन्यवाद दिन चाहन्छु। पहिलाको सरकारले हाम्रा आवाजहरू बन्द गर्ने काम गरेको थियो। कमसेकम यो सरकारले त्यो आवाज सुन्यो र तपाईँका माग जायज छन् भन्यो।’

    उनले अगाडि भने, ’हामीले यो आन्दोलनलाई स्थगित गरेको होइन, केवल आन्दोलनको मोडालिटी केही समयका लागि परिवर्तन गरेका हौँ । सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्रीज्यूले विशेष अनुरोध गर्दै दुर्गाजी, एक पटक बसौँ, तपाईँले उठाएका मागहरू जनजीविका र सर्वहारा वर्गसँग सम्बन्धित छन् भनेपछि मैले उहाँहरूको वचन राखेको हुँ।’ प्रसाईँ समूहसँग सरकारले हिजो वार्ता गरेको थियो ।

    वार्तापछि प्रसाईँको मागबारे छलफल गर्दै जाने सहमति भएसँगै उनको अभियानले आजदेखि तय भएको बन्दसहितको कार्यक्रम रोकेको थियो । उनका अनुसार सरकार उनका २७ बुँदे मागबारे छलफल गर्न विज्ञसहितको टोली बनाउन तयार भएको छ।

    उनले आफू हिंसाको पक्षमा नरहेको र देशमा थप अशान्ति नहोस् भन्ने चाहेको समेत बताए । आन्दोलनको घोषणा गरेपछि उनी पाँच दिनअघि निवासबाटै पक्राउ परेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ