• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एमालेका पूर्व प्रतिनिधि सभा उम्मेदवार कैलाश मल्ल नेकपा प्रवेश

    345
    SHARES



    रुकुमपूर्व । नेकपा (एमाले) रुकुमपूर्वका पूर्व उपविजेता तथा प्रतिनिधि सभा उम्मेदवार कैलाशकुमार मल्ल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार औपचारिक सदस्यता प्रदान गर्दै मल्ललाई पार्टी प्रवेश गराएका हुन्।

    मल्ल २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा एमालेका तर्फबाट रुकुमपूर्वबाट प्रतिस्पर्धामा उत्रिएका थिए। सो निर्वाचनमा उनले माओवादी उम्मेदवार पूर्णबहादुर घर्तीमगरसँग पराजित भएका थिए। घर्तीले १२ हजार २६२ मत प्राप्त गर्दा मल्लले ५ हजार २११ मत ल्याएका थिए।

    पार्टी परित्याग गर्दै नयाँ दल रोज्नुभएको कारणबारे उनले एमालेभित्र गुटगत स्वार्थ, नेतृत्वको अहंकार, राजनीतिक असमानता तथा ‘जनवादी केन्द्रीयता’ विपरीतका निर्णयले आफू निराश भएको बताए। ‘७० वर्षको उमेर सीमा र दुई कार्यकाल सीमित गर्ने प्रावधान उल्ट्याइएपछि नेतृत्वको चरित्रप्रति विश्वास कमजोर हुँदै गयो,’ उनले भने।

    जनयुद्धकालीन यात्राका सम्झनासँगै मल्लले सेनाद्वारा गिरफ्तारी, शिवपुरीमा व्यहोरेका यातना पनि स्मरण गरे। उनले माओवादी पृष्ठभूमिबाट आएका कार्यकर्ताप्रति एमाले नेतृत्वले गरेको ‘नकारात्मक व्यवहार र बहिष्कार प्रवृत्ति’ले आफूलाई अलग हुन बाध्य बनाएको बताए।

    पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोकियो भन्ने घटनालाई उनले एमालेको ‘अहंकारी प्रवृत्ति’को प्रतीकका रूपमा व्याख्या गरे। त्यस्तै, रुकुम–रोल्पाजस्ता ‘रातो भूगोल’ र शहीद परिवारप्रति बेवास्ता, तथा भ्रष्टाचारको संरक्षण जस्तो समस्या पार्टीभित्र सामान्यजस्तै बनेको आरोप पनि मल्लले लगाए।

    नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै उनले प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावललगायत नेताले मूल कम्युनिस्ट धारमा फर्किन प्रेरित गरेको बताए। रुकुमपूर्वमा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै मल्लले भने, ‘फुटेर होइन, जुटेर मात्रै रुकुमपूर्वको समृद्धि सम्भव छ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ