माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा सेयर धितो कर्जा प्रवाहमा कीर्तिमानी वृद्धि हासिल गरेको छ।
बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा सेयर धितो कर्जा लगानी २९२.४८ प्रतिशत ले वृद्धि गरी ३ अर्ब ५३ करोड २५ लाख रुपैयाँ पुर्याएको छ। यो वृद्धि अन्य वाणिज्य बैंकहरूको तुलनामा सर्वाधिक हो। गत वर्षको असोज मसान्तसम्ममा बैंकले पुँजी बजारमा जम्मा ९० करोड रुपैयाँ मात्रै लगानी गरेको थियो।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा गरिएका केही कडाइलाई खुकुलो पारेसँगै माछापुच्छ्रे बैंकले आक्रामक रूपमा लगानी बढाएको देखिएको छ। नीतिगत सहजताको फाइदा उठाउँदै बैंकले आफ्नो कर्जा पोर्टफोलियोमा सेयर धितो कर्जाको अंश द्रुत गतिमा बढाएको छ।
माछापुच्छ्रे बैंकले गरेको यो विशाल लगानी वृद्धिले समग्र पुँजी बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिए पनि, बजार माथि उकालो लाग्न नसकेको लगानीकर्ताहरू बताउँछन्। यसले बजारको दिशा निर्धारणमा बैंकहरूको लगानीको भूमिका महत्वपूर्ण हुने संकेत गरेको छ।
प्रतिक्रिया