काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको छ ।
गत आर्थिक बर्षको सोही अवधिमा ५० करोड ३२ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको माछापुच्छ्रेको सो रकम यस बर्ष भने १६.९५ प्रतिशतले घटेको हो ।
खुद ब्याज आम्दानी घट्नु र इम्पेयरमेन्ट चार्ज बढ्नु माछापुच्छ्रे बैंकको नाफा घट्नुको प्रमुख कारण हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.६० प्रतिशतले घटेर १ अर्ब ४५ करोड ८९ लाख ४८ हजार रुपैयाँमा सीमित भएको छ ।
त्यस्तै, खुद फि तथा कमिशन आम्दानी २३.७० प्रतिशतले बढेर ४५ करोड ८४ लाख ९९ हजार रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ६.२७ प्रतिशतले बढेर २ अर्ब ५ करोड १९ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।
बैंकको सञ्चालन मुनाफा ४०.१५ प्रतिशतले घटेर ५९ करोड ८४ लाख ३१ हजार रुपैयाँ कायम भएको छ । खराब कर्जा बढेसँगै माछापुच्छ्रे बैंकको इम्पेरमेन्ट चार्ज बढेर ४६ करोड ८ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्ममा बैंकको खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.१३ प्रतिशत पुगेको छ भने वितरणयोग्य मुनाफा ११ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ८३ पैसा घटेर १३ रुपैयाँ ८३ पैसामा सीमित भएको छ।
असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ६० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१४ गुणा रहेको छ। बैंकले असोज मसान्तसम्ममा १ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको चुक्ता पुँजी १२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ५७ करोड ४ लाख रुपैयाँ सञ्चित छ।
प्रतिक्रिया