काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र नेपालीको मनोबल इतिहासमै सबभन्दा कमजोर अवस्थामा रहेको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘नेपाल र नेपाली राष्ट्र, राज्य, समाज,अर्थतन्त्र,लोकतन्त्र, संस्कृति, मनोबल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थिर र अन्योलको अवस्थामा छ।’
उनले थप भने– ‘घरमा आगो लागेको वेला को ठुलो कोठामा सुत्ने, कसले ठुलो भाग खाने भनेर झगडा, आरोप-प्रत्यारोप गर्ने वेला यो हैन। बरु सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने सङ्कल्प गर्ने बेला हो।’
सबैले गम्भीर आत्म समीक्षा गर्न नसके इतिहासले कसैलाई क्षमा नगर्ने डा भट्टराईले उल्लेख गरेका छन् ।

प्रतिक्रिया