• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    रूसी नागरिकलाई भिसा प्रतिबन्ध लगाउने निर्णय भेदभावपूर्ण भन्दै आलोचना

    114
    SHARES



    ब्रसेल्स । रूसी नागरिकहरूलाई भिसा जारी गर्न प्रतिबन्ध लगाउने युरोपेली सङ्घको निर्णयलाई युरोपेली सङ्घका लागि रूसी स्थायी मिसनले ‘भेदभावपूर्ण’ भन्दै आलोचना गरेको छ ।

    मिसनका साथै भिसा कमिटीमा सबै ईयू सदस्य राष्ट्रहरूले समर्थन गरेको युरोपेली आयोगले लिएको निर्णय रुसको लागि भेदभावपूर्ण भएको रूसी मिडियालेसमेत रिपोर्ट बनाएका छन् ।

    सामान्य नागरिकलाई प्रतिबन्धले असर नगर्ने भनी गरिएको ईयूका व्यवस्थाहरूको विपरित हरने गरी भिसा सम्बन्धमा निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    मिसनले रूस र रूसी नागरिक विरुद्ध तोडफोड, सूचनाको दुरुपयोग, ईयूमा ड्रोन आक्रमण, तथा अनावश्यक प्रचारको लागि भिसाको दुरुपयोग हुन सक्ने आरोपहरू माथि आश्चर्य व्यक्त गरेको छ ।

    युरोपेली आयोगले केही दिन अघि असाधारण मामिलाहरू बाहेक रूसी नागरिकलाई प्रवेश भिसा जारी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो भने मस्कोले यस निर्णयको प्रतिक्रियामा कदम चाल्ने घोषणा गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ