काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले १० वाम दलको हालको एकता दीर्घकालीन नहुने टिप्पणी गरेका छन्। उनका अनुसार, फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनसम्म टिके पनि ठुलो कुरा हुने छैन। न्यौपानेले घोषणा सभामा उपस्थित नभए पनि आफूले ओछ्यानमा बसेर भिडिओ हेरेको जानकारी दिएका छन्।
उनले भने, “पिँध नभएका लोटा अनुहार कुच्चिएका, पानीका लौरा पिङ खेल्दा खेल्दा थाकेका गनाएका नाम मञ्चमा। यसो हेरेको सबै दाने गाई जस्ता, फुकाएपछि आ–आफ्नै बाटो लाग्ने। फागुन २१ सम्म रहे ठुलो कुरो। नहुनुभन्दा जस्तो भएपनि मामा मामै हो, चित्त बुझाउने मेसो। एउटा नयाँ कुरो टाई लगाउन बिर्सेका रहेछन् मान्छेहरूले आज।” एकता प्रक्रियामा असहमति जनाउँदै जनार्दन शर्मा, राम कार्की, सुदन किराँती लगायत नेताहरूले बेग्लै अभियान घोषणा गरिसकेका छन्।
न्यौपानेको टिप्पणीले हालको वाम एकताको स्थायित्व र आगामी निर्वाचनमा यसको प्रभावबारे नयाँ राजनीतिक बहस सुरु गर्ने संकेत दिएको छ।

प्रतिक्रिया