• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान ममदानीको म:म: मोह

    1.2K
    SHARES



    न्युयोर्क । अमेरिकाको सबैभन्दा ठूलो सहर न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान ममदानी नेपाली रेस्टुरेन्टमा म:म: खान पुगेका छन्। मेयरमा निर्वाचित भएको केही घण्टामै ममदानी सांसद अलेक्सान्ड्रिया ओकासियो कर्टेजसँग ज्याक्सन हाइट्सस्थित लालीगुराँस बिस्ट्रो रेस्टुरेन्टमा पुगेका हुन्।

    ममदानिले आफ्नो एक्स (पूर्व ट्विटर) खातामा लेखेका छन् —“मेयर-निर्वाचितको रूपमा पहिलो व्यस्त दिन: बिहानै अन्तर्वार्ताहरू, संक्रमणकालीन घोषणाहरू र बैठकहरू। यी सबैबारे भोलि विस्तृत रूपमा भनिनेछ। तर आजको उत्कृष्ट क्षण भनेको मेरी कंग्रेसवुमन कर्टेजसँग ज्याक्सन हाइट्सको लालीगुराँस बिस्ट्रोमा लिएको दिउँसोको खाना थियो।”

    ३४ वर्षीय ममदानी न्युयोर्कको इतिहासमा पहिलो मुस्लिम, पहिलो दक्षिण एसियाली मूलका व्यक्ति, र अफ्रिकामा जन्मिएका पहिलो मेयर बनेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ