• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    मङ्सिरमा राष्ट्रिय भेला गरेर पार्टी पुनर्गठन गर्ने भुसाल पक्षको तयारी

    756
    SHARES



    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले अध्यक्ष माधवकुमार नेपालको एकता प्रक्रियालाई त्रुटिपूर्ण भएको बताएका छन्। साथै उनले आफ्नो समूहले कम्युनिस्ट पार्टी पुनर्गठनका लागि मङ्सिरमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेका छन्। अध्यक्ष नेपालसहित पार्टीको बहुमत पक्षले आजै माओवादी लगायतका पार्टीहरूसँग एकता गर्न लागिरहेको बेला भुसालले अलग्गै पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएका हुन्।

    भुसालसहित वरिष्ठ नेता घनेन्द्र बस्नेत, जीवनराम श्रेष्ठ लगायतका नेताहरूले एकतामा नगई नेकपा एकीकृत समाजवादी पुनर्गठनको प्रयासमा रहेको बताएका छन्। उनीहरूले हरेक पार्टी तीव्र अन्तरविरोध र विघटनको दिशामा रहेको भन्दै चेतावनी दिएका छन्।

    भुसालले भने, “यस्तो बेलामा हाम्रो पार्टीका अध्यक्ष माधवकुमार नेपालले नजरअन्दाज गरेर एकतामा जानु भएको छ। त्यो एकता त्रुटिपूर्ण छ। धेरै मानिस नभएको वा दुःख भएको होइन, यसका कारण स्पष्ट छन्।” उनले पार्टीका सम्पूर्ण कमिटी, जनसङ्गठन, विभाग र आयोगका सदस्यहरूलाई नेकपा एकीकृत समाजवादीको आ–आफ्नै हैसियतमा धैर्यताका साथ रहन र क्रान्तिकारी विकल्प निर्माणबारे छलफल गर्न आह्वान समेत गरेका छन्।

    भुसालका अनुसार, आगामी मङ्सिर पहिलो हप्ता आयोजना हुने राष्ट्रिय भेलामा आगामी कार्यभार र कार्य योजना निर्माण गरिनेछ। उनले सबै विभिन्न राजनीतिक दल, पेशा, क्षेत्र र देशभित्र–बाहिरका देशभक्त, लोकतन्त्रवादी, प्रगतिशील, वामपन्थी तथा कम्युनिस्टहरूलाई सुझाव र सल्लाह दिन हार्दिक आग्रह गरेका छन्।

    भुसाल पक्षको यो पहलले पार्टीभित्रको पुनर्गठन र आगामी रणनीतिमा नयाँ दिशा तय गर्ने सम्भावना राखेको विश्लेषकहरूले बताइरहेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ