• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एकता सम्बन्धी नेकपा एसको निर्णयको माओवादीद्वारा स्वागत, प्रचण्डले बोलाए सचिवालय बैठक

    1.8K
    SHARES



    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पार्टी एकताबारे गरेको निर्णयको स्वागत गरेको छ। पार्टीका नेता हरिबोल गजुरेलले यसलाई वामपन्थी एकताको सुरुआतको रूपमा व्याख्या गरेका छन्।

    गजुरेलले भने, “उहाँहरूको पार्टीले बहुमतको आधारमा एकताको निर्णय गरेको छ। अब झलनाथजीहरूले पार्टीको निर्णय मानेर आउनुहुन्छ कि के गर्नुहुन्छ, त्यो उहाँहरूको कुरा हो। तर यसले वामपन्थी एकताको सुरुआत गरेको छ।”उनले थपे कि पार्टी अध्यक्ष प्रचण्डले सच्चा वामपन्थीहरूको एकताको लागि निरन्तर प्रयास गरिरहेको दाबी गरे।

    यसै सन्दर्भमा, पार्टी एकता र समग्र राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न आजै सचिवालय बैठक बस्ने भएको छ। पार्टी स्रोतका अनुसार बैठक दिउँसो ३ बजे पेरिसडाँडामा आयोजना हुनेछ। बैठकमा पार्टीका वरिष्ठ नेता, स्थायी कमिटी सदस्य तथा सचिवालय सदस्यहरू सहभागी भई हालको राजनीतिक परिस्थिति, वामपन्थी एकताको सम्भावना, र आगामी रणनीति विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।

    यस निर्णयपछि पार्टीभित्रको एकता प्रक्रिया र वामपन्थी सञ्जाल मजबुत बनाउने पहललाई थप गति मिल्ने अनुमान गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ