• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

    467
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्दैछ।

    कांग्रेसको बैठक गत असोज २८ गतेदेखि सुरु भएको हो। बैठकमा भदौ २३ र २४ गतेको ‘जेन–जी’ प्रदर्शन, अन्तरिम सरकार गठन, प्रतिनिधिसभा विघटनपछिको राजनीतिक परिस्थिति र सो सन्दर्भमा पार्टीको भूमिकाबारे विस्तृत छलफल भइरहेको जनाइएको छ।

    आजको बैठकमा मुख्य रूपमा पार्टीको १५औँ महाधिवेशनका विषयमा छलफल केन्द्रित हुने भएको छ। सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल आगामी मङ्सिरभित्र सकिँदैछ। यस सन्दर्भमा पार्टीभित्र नियमित महाधिवेशन गर्ने वा विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा गम्भीर बहस चलिरहेको छ।

    नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन गर्नुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिबीच हस्ताक्षर अभियान सञ्चालन गरेका थिए। सो अभियानमा करिब ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेको बताइएको छ।

    यसअघि असोज २८ गते सुरु भएको बैठकमा सभापति देउवाले स्वास्थ्य कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। त्यसयता उनको सभापतित्वमा कार्यसमितिको बैठकहरू सञ्चालन हुँदै आएका छन्।

    तिहार र छठ पर्वका कारण बैठक केही दिनका लागि स्थगित भएको थियो। यही कात्तिक १ गते बसेको अन्तिम बैठकले पूर्व केन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गरी बैठक आजका लागि पुनः आह्वान गरेको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ