काठमाडौँ । सरकारले राष्ट्रिय सभाका रिक्त सदस्यहरूको निर्वाचन माघ ११ गते आइतबार गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलका अनुसार बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त मितिमा निर्वाचन गर्ने निर्णय गरेको हो ।
२०७६ सालमा निर्वाचित राष्ट्रिय सभा सदस्यहरूमध्ये १९ जनाको कार्यकाल आगामी फागुनमा सकिँदैछ । तीमध्ये एक जना सदस्य वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् भने बाँकी १८ पदका लागि निर्वाचन हुनेछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनअनुसार, पद रिक्त हुनुभन्दा कम्तीमा ३५ दिनअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको छ । २० फागुनमा राष्ट्रिय सभा सदस्यहरूको पदावधि समाप्त हुने भएकाले सो अवधिभन्दा ३५ दिनअघि अर्थात् माघ ११ गते निर्वाचन गर्ने निर्णय गरिएको हो ।
प्रतिक्रिया