• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    गृहमन्त्री अर्यालको भूमिका शंकास्पद, तत्काल राजीनामा दिनुपर्छ: प्रभु साह

    1.2K
    SHARES



    वीरगञ्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिका शंकास्पद र विवादास्पद भएको भन्दै तत्काल राजीनामा माग गरेका छन्। शनिबार पर्साको पर्सागढीमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै साहले जेन–जी आन्दोलनका क्रममा युवाहरूको हत्या गर्नेहरूलाई सरकारले जोगाउने प्रयास गरेको आरोप लगाए।

    उनले भने, “भदौ २३ गते युवाहरूमाथि नरसंहार गरियो। उनीहरूको छाती र टाउकोमा ताकी–ताकी गोली हानियो। अहिलेसम्म हत्याराहरूलाई पक्राउ गर्न नसक्ने यो सरकारको अब कुनै औचित्य छैन। गृहमन्त्री नै लुरे परे।” साहका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायत ‘हत्याराहरू’ विरुद्ध कानुनी कारबाही गर्न गृहमन्त्री अर्यालले कुनै पहल नगरेका हुन्। उनले अर्याललाई एमाले कार्यकर्ता भएकै कारण ओलीजस्ता नेतामाथि कारबाही गर्न नसकेको आरोप लगाए।

    साहले थपे, “यो सरकार बनेको यतिका दिन बितिसक्दा पनि युवाहरूको हत्यारालाई कारबाही गर्न सकेको छैन। उल्टै आन्दोलनमा सहभागी युवामाथि जाहेरी दर्ता गरिएको छ। बालेन शाह र सुदन गुरुङविरुद्ध एमालेका युवाले दिएको जाहेरी किन लिइयो? यो सरकारकै गतिविधि शंकास्पद छ।”

    उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री अर्यालले जेन–जी पुस्ताको भावना माथि खेलवाड गरेको आरोप लगाउँदै युवाहरूका हत्यारा, भ्रष्टाचारी र षड्यन्त्रकारीलाई कारबाही नगरी मुद्दा ‘मुल्तवी’मा राख्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे।साहले भने, “युवाहरूको हत्यारा र भ्रष्टाचारीमाथि कारबाही गर्न नसक्ने यो सरकारको औचित्य समाप्त भइसकेको छ। यदि सरकारले कारबाही गर्न सकेन भने जनताले आफ्नै बलमा घर–घरबाट हत्यारालाई थुतेर जनकारबाही गर्नेछन्।”

    कार्यक्रममा उनले वीरगञ्जलाई आर्थिक राजधानी बनाउने, नारायणी अस्पताललाई मेडिकल कलेजमा रूपान्तरण गर्ने र ठाकुरराम क्याम्पसलाई विश्वविद्यालयमा उन्नत गर्ने जस्ता योजनाहरूमा विगतका सरकारहरू उदासीन रहँदा नागरिकले दुःख भोग्नुपरेको गुनासो पनि गरे।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ