• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    अनुमति बिना प्रदर्शन गर्न खोज्ने ‘जेनजी युनाइटेड’ का ५० जना पक्राउ

    832
    SHARES



    काठमाडौं । स्थानीय प्रशासनको अनुमति बिना प्रदर्शन गर्न पुगेका जेनजी युनाइटेड समूहका ५० जना सदस्यलाई नेपाल प्रहरीले शनिबार काठमाडौँको माइतीघर मण्डलाबाट नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार शनिबार बिहानैदेखि जेनजी युनाइटेडका समर्थकहरू माइतीघरमा भेला भएर प्रदर्शनको तयारी गर्दै थिए।

    अनुमति नलिई भीड जम्मा गरिएको र अन्य समूहबीच सम्भावित झडपको आशंका भएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ। नियन्त्रणमा परेका ५० मध्ये २४ जना महिला र २६ जना पुरुष रहेका छन्। उनीहरूलाई सोधपुछका लागि प्रहरीले परिसरमा लगिएको छ।

    प्रहरीले जनाएका अनुसार प्रशासनबाट अनुमति नलिई सडकमा प्रदर्शन गर्न खोज्नु सार्वजनिक सुरक्षाको दृष्टिले जोखिमपूर्ण हुने भएकाले रोकिएको हो। तर जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफ्नो समूहले शान्तिपूर्ण ढंगले प्रदर्शन गर्न खोज्दा प्रहरी प्रशासनले अनावश्यक हस्तक्षेप गरेको आरोप लगाए।

    उनका अनुसार, “हामीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा अनुमति मागेका थियौं, तर दिइएन। हामी स्वतन्त्र अभिव्यक्तिका पक्षधर Generation Z का युवाहरू हौं। शान्तिपूर्ण रूपमा एकजुटताको सन्देश दिन नदिइनु लोकतान्त्रिक संस्कृतिको अपमान हो।”

    उनले थपे, “हामी जेनजीहरूबीच सहकार्य र सकारात्मक सोच फैलाउन चाहन्थ्यौं, तर हामीलाई रोकियो। यसले युवाहरूको आवाज दवाउने काम मात्र गर्छ।” जिल्ला प्रशासन कार्यालयले भने सार्वजनिक सुरक्षासँग सम्बन्धित संवेदनशीलता र हाल राजधानीमा भइरहेको विभिन्न आन्दोलनहरूबीचको तनावका कारण प्रदर्शन अनुमति नदिइएको स्पष्ट गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ