• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    हङकङमा विमान दुर्घटना, रनवेबाट चिप्लिएर समुद्रमा खस्यो

    744
    SHARES



    काठमाडौँ । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खसेको छ। उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार मृत्यु हुने दुवै जना ‘ग्राउन्ड स्टाफ’ अर्थात् विमानस्थलमा काम गर्ने कर्मचारी हुन्।

    उनीहरू सवार सवारी साधनमा विमान ठोक्किँदा दुर्घटना भएको हो। ठोक्किएपछि विमान पनि रनवे पार गर्दै समुद्रमा खसेको बताइएको छ। विमानमा सवार चालक दलका चारै जना सदस्यहरू जीवितै उद्धार गरिएको छ र उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।

    स्थानीय समय अनुसार सोमबार बिहान ३ बजेर ४० मिनेट जाँदा दुर्घटना भएको हो। दुर्घटनाग्रस्त विमान एमिरेट्स फ्लाइट ईके ९७८८ थियो, जुन दुबईबाट हङकङ तर्फ जाँदै थियो। सो विमान टर्कीको कार्गो एयरलाइन “एयर एसीटी” को बोइङ ७४७–४८१ मोडेलको विमान हो।

    अहिले दुर्घटनास्थल वरिपरि उद्धार कार्य जारी रहेको र हङकङ विमानस्थलमा केही समयका लागि उडानहरू प्रभावित भएको बताइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ