काठमाडौं । गाजाको उत्तरी क्षेत्रमा इजरायली ट्यांकबाट गोली प्रहार हुँदा एकै परिवारका ११ जनाको मृत्यु भएको छ । हमासको प्रशासन अन्तर्गतको सिभिल डिफेन्सका अनुसार यो घटना शुक्रबार राति भएको हो ।
गाजा शहरको जायतुन क्षेत्रमा रहेका ती परिवारका सदस्यहरू बस चढेर आफ्नो घरको अवस्था हेर्न जाँदै गर्दा इजरायली ट्यांकबाट गोली प्रहार गरिएको थियो । सिभिल डिफेन्सका प्रवक्ताले घटनामा सबैजना एउटै परिवारका सदस्य रहेको पुष्टि गरेका छन् । मृतकमध्ये महिलासहित बालबालिका पनि रहेका छन् ।
यो घटना हालै भएको इजरायल–हमास युद्धविरामपछिको सबैभन्दा घातक आक्रमण मानिएको छ । इजरायली सेनाले पनि संदिग्ध गाडीमाथि गोली चलाएको स्वीकार गरेको छ । सेनाको दाबी अनुसार गाडीले “पहेंलो रेखा” पार गर्न खोजेपछि गोली चलाइएको हो ।
उक्त पहेंलो रेखा इजरायल र गाजालाई छुट्याउने सीमारेखा हो, जसलाई इजरायलले आफ्नो सुरक्षात्मक इलाका मानेको छ ।
प्रतिक्रिया