• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    मधेशका मुख्यमन्त्री सिंह आज विश्वासको मत लिंदै

    282
    SHARES



    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आज (असोज २८ गते) प्रदेशसभाबाट विश्वासको मत लिंदैछन्। प्रदेश सभा सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन्।

    गत शुक्रबार मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभाका सभामुखलाई पत्र पठाउँदै विश्वासको मत लिनका लागि बैठक बोलाइदिन अनुरोध गरेका थिए। त्यसअनुसार आजको बैठक आह्वान गरिएको मधेश प्रदेश सभा सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए।

    राजीनामादेखि पुनः विश्वासको मतसम्म

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तीव्र बनेको समयमा मुख्यमन्त्री सिंहले फेसबुकमार्फत राजीनामा घोषणा गरेका थिए। तर केही दिनमै उनले आफ्नो भनाइ परिवर्तन गर्दै उक्त राजीनामा विषम परिस्थितिमा जनधनको क्षति रोक्न लेखिएको स्पष्टीकरण दिएका थिए।

    तर, बोली फेरेपछि सिंहको आफ्नै दल जनमत पार्टीले भदौ ३१ गते प्रदेश सभा सभामुखलाई सम्बोधन गर्दै सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो। संविधानअनुसार समर्थन फिर्ता भएपछिको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था भएकाले सिंहले आजको बैठकमा विश्वासको मत लिन लागेका हुन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ