• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    नेविसंघ अध्यक्ष दुजाङ शेर्पाद्वारा बालेन–सुधनमाथि छानबिन माग

    175
    SHARES



    काठमाडौं । नेपाली कांग्रेस निकट नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संयोजक सुधन गुरुङमाथि छानबिन हुनुपर्ने बताएका छन्।

    जेनजीन आन्दोलन र पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा दुजाङले विगतमा बालेनले सिंहदरबार जलाउने धम्की दिएको स्मरण गरे।

    उनले भने, “सिंहदरबार जलाउनुपर्छ भन्ने मान्छेले आन्दोलनको आह्वान गरेको छ। ती व्यक्तिलाई आज हामीले छानबिनको दायरामा ल्याउने कि नल्याउने? सुधन गुरुङले पनि खुलामुख राष्ट्रपति र प्रधानमन्त्रीलाई चुनौती दिइरहेका छन्। अब पनि यो अराजकतालाई प्रहरी प्रशासनले नियन्त्रण गर्न नसक्ने हो भने त्यसको जिम्मा नेविसंघले लिन्छ।”

    उनले अराजकता मच्याउने र विद्यार्थीमाथि गोली चलाउने आदेश दिनेहरूलाई कारबाही गर्न माग गर्दै, ०४६ पछि सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव अघि सार्नुभयो।

    अध्यक्ष दुजाङले पार्टीभित्र वडादेखि केन्द्रसम्मका सबै नेताहरूको सम्पत्ति पनि सार्वजनिक हुनुपर्ने बताएका छन्। घटनाको निष्पक्ष छानबिनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि पनि छानबिन गर्नुपर्ने उनको माग छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ