• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    गाजामा हमास र दुग्मुश घरानाबीच भीषण झडप, कम्तीमा २७ जनाको मृत्यु

    1.9K
    SHARES



    काठमाडौँ । गाजा सहरमा हमासका सुरक्षाकर्मी र दुग्मुश परिवारका सशस्त्र सदस्यबीच भीषण भिडन्त हुँदा कम्तीमा २७ जनाको ज्यान गएको छ। इजरायली सैन्य कारबाही अन्त्य भएपछि गाजामा भएको यो सबैभन्दा ठूलो आन्तरिक हिंसात्मक घटना मानिएको छ।

    प्रत्यक्षदर्शीका अनुसार गाजाको जोर्डनियन अस्पताल नजिक नकाबधारी हमास लडाकूहरू र दुग्मुश घरानाका लडाकूबीच तीव्र गोलीबारी भएको थियो। हमासद्वारा सञ्चालित गृहमन्त्रालयका एक वरिष्ठ अधिकारीले सुरक्षा बलहरूले ती सशस्त्र व्यक्तिहरूलाई घेराबन्दी गरी नियन्त्रणमा लिन खोज्दा भीषण झडप भएको जानकारी दिएका छन्। मन्त्रालयले ‘एक मिलिसिया समूहको आक्रमण’ मा आठ जना सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि गरेको छ।

    चिकित्सा स्रोतका अनुसार शनिबारदेखि सुरु भएको भिडन्तमा दुग्मुश परिवारका १९ जना र हमासका ८ लडाकूको ज्यान गएको छ। प्रत्यक्षदर्शीका भनाइअनुसार झडप गाजा सहरको दक्षिणी क्षेत्र टेल अल–हावामा भएको हो, जहाँ हमासका ३०० भन्दा बढी लडाकूहरूले दुग्मुश परिवारका सदस्यहरू लुकेर बसेको एक आवासीय भवनमा हमला गरेका थिए।

    हमासद्वारा सञ्चालित गृहमन्त्रालयले स्थिति नियन्त्रणमा रहेको र शान्ति पुनःस्थापना गर्न प्रयास भइरहेको जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ