• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    बालेन र सुधनविरुद्ध नेविसंघको किटानी जाहेरी, दर्ताका लागि २४ घण्टाको अल्टिमेटम

    1.5K
    SHARES



    काठमाडौं। गत भदौ २३ र २४ गते काठमाडौंमा भएका घटनालाई लिएर नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ। नेविसंघका नेताहरूले आज काठमाडौं र ललितपुर प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका हुन्।

    जेन–जी आन्दोलनपछिको परिस्थितिबारे हिजो बसेको नेविसंघ केन्द्रीय समिति बैठकले देशभरका प्रहरी कार्यालयहरूमा जाहेरी दर्ता गर्ने निर्णय गरेको थियो। त्यसैअनुसार काठमाडौंमा जाहेरी दर्ता प्रक्रिया सुरु गरिएको नेविसंघका केन्द्रीय सदस्य अशोक सिंह विष्टले जानकारी दिए।

    विष्टद्वारा काठमाडौं प्रहरी परिसरमा दर्ता गराइएको जाहेरीमा बालेन र सुधनले युवा विद्यार्थीहरूलाई उक्साएर सर्वसाधारणको ज्यान जाने गरी मुठभेड गराएको, साथै राष्ट्रिय सम्पदा, भवन, सरकारी सामान र कागजात लुटपाट गरी चल–अचल सम्पत्ति नष्ट गर्न उक्साएको आरोप लगाइएको छ।

    विष्टका अनुसार प्रहरी परिसरमा जाहेरी दर्ता भने अझै भएको छैन। प्रहरीले उक्त विषयमा सरकारी वकिल कार्यालयसँग सल्लाह गरेर मात्र निर्णय लिने जनाएको छ। यसअघि पनि यस्तै प्रकृतिका जाहेरी आएको हुँदा सबैलाई एउटै कारबाही प्रक्रियामा लैजाने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

    नेविसंघले जाहेरी तुरुन्त दर्ता गर्न २४ घण्टाको अल्टिमेटम दिएको छ। “२४ घण्टाभित्र जाहेरी दर्ता नभए सडकमा उत्रने” चेतावनी नेविसंघले दिएको छ। यसअघि पनि एमाले निकट अनेरास्ववियूले बालेन र सुधनविरुद्ध देशका विभिन्न जिल्लामा जाहेरी दिएका थिए। ती सबै जाहेरीहरू जाँचबुझ आयोगमा पठाउने प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ।

     

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ