• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    ओलीलक्षित प्रचण्डको टिप्पणी- ‘अहंकार अझै नघट्नु देशका लागि दुर्भाग्य’

    1.8K
    SHARES



    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको राजनीतिक परिस्थितिमा पनि सत्तामा रहेकाहरूको अहंकार नघटेको देख्दा दुख लागेको बताएका छन्। शुक्रबार काठमाडौंमा सम्पादकहरूसँगको भेटघाटमा प्रचण्डले उक्त अभिव्यक्ति दिएका हुन्।

    उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै, अझै पनि “सत्ताको शैली र अहंकारपूर्ण व्यवहार देखिँदै गएको” टिप्पणी गरे। उनका शब्दमा —“हिजो सत्ताको नेतृत्व गर्ने पार्टीका साथीहरूको अहंकार अझै गएको छैन। जनताको भावना र आवश्यकतालाई भन्दा आफ्नो मनोगत अहंकारमा रमाउने प्रवृत्ति अझै पनि देखिनु, यो देशका लागि दुर्भाग्य हो।”

    प्रचण्डले हालैको जेनजी आन्दोलनपछि राजनीतिक दलहरूले आत्मसमिक्षा गर्नुपर्ने अवस्था आएको बताउँदै, आफ्नो पार्टीले ती आन्दोलनमा उठेका माग र भावनालाई सम्बोधन गर्ने गरी नयाँ मार्गचित्र तयार पारेको जानकारी दिए।
    “जेनजी युवाहरूले उठाएका मागलाई हामीले गम्भीर रूपमा लिएका छौं,” उनले भने, “माओवादी केन्द्रले त्यसलाई राजनीतिक कार्यदिशामा समावेश गर्ने तयारी गरेको छ।”

    उनले विगतमा सत्ता सम्हालेका कांग्रेस र एमाले दुवैले सत्ताको अहंकार देखाएकै कारण देश वर्तमान अस्थिर अवस्थासम्म आइपुगेको दाबी गरे। “हामीले त्यस्तो परिस्थिति आउनसक्छ भनेर पटक–पटक चेतावनी दिएका थियौं,” प्रचण्डले स्मरण गरे, “तर, त्यसबेला हाम्रो कुरा सुन्न कोही तयार भएन।”

    प्रचण्डको पछिल्लो टिप्पणीलाई विश्लेषकहरूले एमाले अध्यक्ष ओलीसँगको बढ्दो राजनीतिक दूरी र वाम एकताको नयाँ समीकरणका संकेतका रूपमा पनि व्याख्या गरिरहेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ