• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नेकपा केन्द्रीय नेता असल गिरफ्तारपछि बेपत्ता, रिहा गर्न विप्लवको कडा चेतावनी (विज्ञप्तिसहित)

    45.8K
    SHARES



    काठमाडौं ।

    नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का (असल)लाई सरकारले गिरफ्तार गरी बेपत्ता पारेको छ ।

    बिहीबार काठमाडौंको थानकोटबाट उनलाई प्रहरीले अपहण शैलीमा गिरफ्तार गरेको हो । उनलाई के-कति कारणले गिरफ्तार गरेको हो र कहाँ राखिएको छ भन्नेबारेमा प्रहरीले अहिलेसम्म जानकारी समेत दिन नमानेको पारिवारिक स्रोतले जनाएको छ ।

    यसैबीच नेकपा महासचिव विप्लवले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै शृङ्खलापूर्ण गिरफ्तारी तुरुन्त रोकेर हालसम्म गैरन्यायिक तरिकाले थुनामा राखिएका सबै नेताकार्यकर्तालाई स सम्मान रिहा गर्न आग्रह गरेका छन् ।

    आफ्नो पार्टी विरुद्ध सरकारले यस्तै हर्कत जारी राखे सशक्त संघर्ष गर्न बाध्य हुने चेतावनी दिँदै विप्लवले मानवअधिकारवादी, नागरिक समाज, न्यायपे्रमी जनसमुदायमा यसप्रकारका गैरन्यायिक हर्कतका विरुद्ध संघर्षमा उत्रिन आह्वान गरेका छन् ।

    अहिले पार्टीका स्थायी समिति सदस्य प्रकाण्ड, पोलिटव्यूरो सदस्य पदम राइ, ओम पुन, कृष्ण धमला, मोहन कार्की, केन्द्रिय सदस्यहरु किरण राई, दीपेश राई, देव नारायण शाह र टेक बहादुर केसीलाई गिरफ्तार गरेर याताना दिइएको कम्युनिष्ट पार्टीले जनाएको छ ।

    विज्ञप्तीमा भनिएको छ “सरकारले श्रखलापुर्ण गिरफ्तारी तुरुन्त रोकोस र गिरफ्तार सबै कमरेडलाई ससम्मान रिहा गरोस भन्ने हाम्रो पार्टी जोडदार माग गर्दछ ।”

    हेर्नुहोस् विज्ञप्ति

    प्रतिक्रिया