• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    वर्तमान सरकारले चुनाव गराउँछ भन्नेकुरा भ्रम मात्रै हो : शंकर पोखरेल

    1.3K
    SHARES



    काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारले चुनाव गराउने कुरा केवल भ्रम मात्रै भएको दाबी गरेका छन्। बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले सरकारले अहिलेसम्म निर्वाचनको तयारी वा वातावरण निर्माणका लागि कुनै पनि ठोस पहल नगरेको आरोप लगाए।

    ‘सरकार चुनाव गराउन चाहन्छ भन्ने कुरा भ्रम मात्र हो,’ उनले भने, ‘न नागरिकले, न राजनीतिक दलहरूले, न सुरक्षा निकायहरूले नै सरकारले शान्ति र सुरक्षामा जिम्मेवारीपूर्वक भूमिका खेलेको अनुभूति गरेका छन्।’ पोखरेलले भदौ २४ गतेको घटनापछि नेकपा (एमाले) अध्यक्षले राजीनामा दिएपछि पनि प्रमुख राजनीतिक दलहरूले संविधानभित्रै समाधान खोज्नुपर्ने अवसर गुमाएको उल्लेख गरे।

    उनले थपे, ‘ती प्रमुख दलहरूले संविधानको मार्गभित्र रहेर आन्दोलनकारीका माग सम्बोधन गर्न सक्थे। हामी त्यसका लागि सहयोग गर्न तयार थियौँ, तर हाम्रो सदाशयतालाई उपेक्षा गरियो।’ महासचिव पोखरेलले आगामी दिनमा राजनीतिक अस्थिरता र जनअसन्तोष बढ्ने चेतावनी दिंदै देशलाई लोकतान्त्रिक बाटोमा फर्काउन सबै शक्तिहरू जिम्मेवार बन्नुपर्ने बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ