• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सुदन गुरुङलाई एम्बुस बनाएर पड्काउन खोजिँदैछ : महेश बस्नेत

    1.3K
    SHARES



    काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले हाल चर्चामा रहेको जेनजी आन्दोलनका वास्तविक मुद्दा “अपहरण” भएको आरोप लगाएका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै उनले आन्दोलनको नाममा देशविरुद्ध “आतंकवादी गतिविधि” भइरहेको दाबी गरे।

    बस्नेतले भने, “भ्रष्टाचारको विपक्षमा र सुशासनको पक्षमा उत्रिएको आन्दोलन राम्रो हो, तर पछिल्ला गतिविधि आतंकवादी शैलीका छन्।” उनका अनुसार, असोज २३ देखि २४ गतेसम्मको आन्दोलनले देशभर ठुलो जनधनको क्षति पुर्‍याएको छ। उनले यो आन्दोलन “अरबी मुलुकका हिंसात्मक गतिविधिबाट प्रेरित” भएको टिप्पणी गरे।

    बस्नेतको दाबी अनुसार, जेनजी पुस्तालाई बदनाम गर्न हजारौँ फेक एकाउन्टहरू प्रयोग गरी चार घण्टाभित्र देशलाई “अराजक दिशातर्फ धकेल्ने” प्रयास गरिएको छ।

    बस्नेतले काठमाडौँका मेयर बालेन साहमाथि पनि आरोप लगाउँदै भने, “बालेनको योजनामा जेनजी आन्दोलनका नाममा हरेक नेताको घर लोकेट गरिएको छ।” उनले हाल पनि “साइबर अपराधमार्फत लुटपाट” भइरहेको र गृहमन्त्रालय त्यसको “संरक्षणमा लागेको” दाबी गरे।

    उनका अनुसार, सुदन गुरुङ नामका एक व्यक्ति “अनाधिकृत रूपमा सरकार र निकायहरूलाई निर्देशन दिने” प्रयासमा छन्।

    बस्नेतले थपे, “विभिन्न अन्तर्राष्ट्रिय शक्तिका एजेन्टहरू अवैधानिक रूपमा हाम्रो राज्य संयन्त्र कब्जा गर्न खोज्दैछन्। त्यसका लागि सुदन गुरुङजस्ता पात्रहरूलाई एम्बुस बनाएर पड्काउने तयारी भइरहेको छ।” उनले दाबी गरे, “सुदन गुरुङ र बालेनको योजनाअनुसार केपी ओली, रमेश लेखक र म स्वयंलाई पक्राउ गर्नुपर्ने भन्दै मिडिया ट्रायल र डेलिगेसन पठाउने काम भइरहेको छ।”

    बस्नेतले अन्त्यमा भने, “सिंगो मुलुकको राष्ट्रियता जोगाउन, लोकतन्त्र सुदृढ गर्न र जनताको हितको पक्षमा नेकपा एमाले सधैं अग्रणी भूमिका खेल्दै आएको छ।”

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ