• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एकता घोषणा गर्दै अंगालोमा बाँधिए माधव-बामदेव

    89
    SHARES



    काठमाडौँ । माधव कुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा भएको समारोह गरी दुई पार्टीबिच एकता भएको घोषणा भएको हो ।

    नेकपा एकीकृत समाजवादी पार्टीसँगको एकीकरण घोषणासभालाई शुक्रबार सम्बोधनका क्रममा उनले भावुक सम्बोधन गर्दै आफ्नो चार वर्ष पुरानो प्रयास सार्थक बन्दै गएको बताए ।

    एकता घोषणापछि नेता गौतम एकीकृत समाजवादीका अध्यक्ष नेपाल र महासचिव घनश्याम भूसालको अंगालोमा बेरिए । एकता सभामा नेता गौतमले आफू यो पार्टीमा आउन ४ वर्ष लागेकोदेखि ४ वर्षअघि नै आएको भए समाजवादको अभियान नै सुरु भइसक्नेसम्मको दाबी गरे ।

    तर, त्योभन्दा रोचक दृश्य भने उनले बोलेर मञ्चमा फर्किंदा देखियो । नेता गौतमलाई मञ्चमा बसेका नेताहरू माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतले स्वागतका लागि खादामाला लिएर बसेका थिए ।

    गौतम आइपुगे । सिधै अध्यक्ष नेपालले स्वागत गरे । अंगालोमा बाँधिए । हलमा ताली बज्यो । नेताहरू हँसमुख देखिए । सम्बोधनको अधिकांश समय नेता गौतमले कम्युनिष्ट पार्टी एकता, समाजवाद निर्माण र आफ्नो उद्देश्य बारे चर्चा गरे ।

    जसलाई हलले गडगडाहट तालीले स्वागत गरेको छ । राष्ट्रिय सभा गृहमा फुटेर पनि जुटेका नेताका यी दृश्य देखिइरहँदा आफ्नो पुरानो पार्टी एमालेभित्रको आन्तरिक संघर्ष भने जटिल बन्दै गएको छ ।

    संयोग नै मानौं, यता नेताहरू जुटिरहँदा च्यासलमा नेकपा एमालेभित्र भावी नेतृत्व लगायतका विषयलाई लिएर विवाद चर्किइरहेको छ ।

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत १४ चैतमा गरेको राजनीतिक घोषणाको विषय एमालेमा पेचिलो बनिरहँदा यी तीन नेताहरूबीच यता एकता भएको हो ।

    जसलाई एमाले र एकीकृत समाजवादीका दोस्रोदेखि तेस्रो पुस्ताका नेताहरूले अर्थपूर्ण रूपमा लिएका छन् ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ