• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कर्णाली विकास बैंक अनियमितता प्रकरणमा राष्ट्र बैंकका पूर्वअनुगमन अधिकृत पक्राउ

    139
    SHARES



    काठमाडौं । बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता भएको प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

    प्रहरी उच्च स्रोतका अनुसार नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी सुनसरी स्थायी घर भएका ६१ वर्षीय भुवन बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।

    बैंक गम्भीर समस्यामा फसिसकेका बेला समेत अनुगमन अधिकृतका रुपमा खटिएका उनले अवस्था ठिक रहेको भन्दै प्रतिवेदन दिएको आरोप बस्नेतमाथि छ ।

    यसअघि सीआईबीले अनुगमनमा गएकाहरुको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । पत्र गएपछि राष्ट्रबैंकका कर्मचारीहरुबीच यो विषयले तनाव सिर्जना गराएको थियो । त्यसपछि सीआईबीसहित प्रहरी उच्च अधिकृतहरुसँग गर्भनर विश्व पौडेलले समेत चासो देखाएका थिए ।

    यो बैंकमा भएको घोटालामा प्रहरीले हालै भारतबाट संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ गरेर ल्याएको थियो। यो ठगीमा बैंकका पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी, निरजविक्रम शाह समेतको संलग्नता खुलेको प्रहरी अधिकृतहरुको भनाइ छ ।

    कर्णाली विकास बैंकको अन्य बैंक खातामा रहेको रकम र बैंकको कोर बैंकिङ प्रणाली ९सीबीएस० मा प्रविष्ट रहेको रकमबीच अन्तर निस्किएपछि यसमा घोटाला भएको खुलेको थियो । विभिन्न बैंकको खातामा रहेको मौज्दातको नक्कली ब्यालेन्स सर्टिफिकेट बनाई केही वर्षदेखि अपचलन लुकाएको आन्तरिक छानबिन समितिले देखाएपछि अनुसन्धानका लागि सीआईबीलाई पत्र पुगेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ