• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    संसद्‍बाट बाहिरियो राप्रपा, रास्वपाको नाराबाजीका बिच सभामुखले अघि बढाए बैठक

    2.3K
    SHARES



    काठमाडौँ । अवरोधका बीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यसूची अगाडि बढाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सभाकक्षबाट बाहिरिएको छ ।

    तर बैठकमा रास्वपाले भने आज पनि नाराबाजी जारी राखेकाे छ । भिजिटि भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले रोस्टम घेराउसहित नाराबाजी गरेको हो । यद्यपि सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाएका छन् ।

    उनले विनियोजन विधेयक अन्तरगत युवा तथा खेलकुद मन्त्रालय, महिला तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयसम्बन्धी विनियोजनसम्बन्धी छलफल चलाएका हुन् । छलफलमा ८ जना सदस्यले बोल्न नाम टिकाएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ