• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    अमेरिकाद्वारा इरानका तीन आणविक साइटमा आक्रमण

    1.4K
    SHARES



    काठमाडौँ । अमेरिकाद्वारा इरानका तीन आणविक साइटमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानका तीन प्रमुख आणविक साइटहरूमा सफल हवाई आक्रमण सम्पन्न गरेको बताएका छन् ।

    ट्रम्पका अनुसार अमेरिका द्वारा फोर्डो , नतान्ज र इस्फहान स्थित आणविक केन्द्रहरूमा बम आक्रमण गरिएको हो। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भने, ‘हामीले इरानका तीन आणविक साइटहरूमा निकै सफल आक्रमण सम्पन्न गर्यौँ। सबै विमानहरू अहिले इरानको आकाशबाट बाहिर निस्किएका छन्’ ।

    उनका अनुसार फोर्डो साइटमा ‘पूर्ण क्षमताका बमहरू’खसालिएको छ र सबै विमानहरू अमेरिका फर्किन थालेका छन्। यसअघि ट्रम्पले इरानमा युद्धमा सहभागी हुने नहुने दुई दिनभित्र निर्णयले लिने बताएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ