• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    ‘ग्लोकल टिन हिरो नेपाल २०२५’का लागि आवेदन खुल्यो

    1.6K
    SHARES



    काठमाडौँ । गोल्छा ग्रुपद्वारा प्रस्तुत ‘ग्लोकल टिन हिरो नेपाल २०२५’को ११औँ संस्करणका लागि आवेदन खुला गरिएको छ । यस कार्यक्रमका लागि देशभरका १३ देखि १९ वर्ष उमेर समूहका सबै उत्साही, लगनशील, दूरदर्शी र परिवर्तनकारी भावना बोकेका किशोरकिशोरीहरूले आवेदन दिन सक्ने आयोजकको भनाइ छ ।

    यस कार्यक्रमले नेपालका किशोरकिशोरीहरूलाई उनीहरूको असाधारण योगदान र नेतृत्वलाई सम्मान गर्ने लक्ष्य राखेको छ ।

    यस वर्ष ग्लोकल टिन हिरोले नेपालभरका ६० भन्दा बढी शहरहरूमा पुग्ने र किशोरकिशोरीहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने योजना बनाएको छ । यो पूर्णतः निशुल्क कार्यक्रम हो, जहाँ नेपालका १३ देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीहरूले अनलाइन आवेदन दिन सक्नेछन् ।

    साथै, आफ्नो समुदायका परिवर्तनशील किशोरकिशोरीहरूलाई मनोनयन गर्ने सुविधा पनि उपलब्ध छ । आवेदन सोमबारदेखि खुला गरिएको छ । आवेदन जुलाई ३० सम्म दिन सकिनेछ ।

    ग्लोकल टिन हिरो, ग्लोकल प्रालिको एक महत्वपूर्ण पहल हो । यस कार्यक्रमले किशोरकिशोरीहरूलाई उनीहरूको प्रतिभा, सिर्जनशीलता र सामाजिक कार्यहरू प्रस्तुत गर्ने अद्वितीय अवसर प्रदान गर्नेछ । यसले शैक्षिक गतिविधि र व्यक्तिगत सीमा रेखाभन्दा बाहिर रहेर आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने सक्रिय युवाहरूलाई विशेष रूपमा चिनाउँछ ।

    गोल्छा ग्रुपले यो कार्यक्रम २०१५ मा काठमाडौं उपत्यकाका प्रतिभावान् किशोरकिशोरीहरूलाई सम्मान गर्ने उद्देश्यले सुरु गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ