• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    बेपत्ता रूसी जहाज दुर्घटनाग्रस्त फेला, कोही पनि जिवित नरहेको आकलन

    2.4K
    SHARES



    काठमाडौँ । रूसमा बेपत्ता भएको जहाज दुर्घटनाग्रस्त फेला परेको छ। बुधबार खाबरोव्स्कबाट ब्लागोवेश्चेन्स्क हुँदै टिन्डा जाँदै गरेको एन्टोनोभ एन-२४ जहाज टिन्डाबाट केही माइल वर पुगेपछि सम्पर्कविहीन भएको थियो।

    उक्त जहाज दुर्घटना भएको भेटिएको रूसी समाचार संंस्था तासले जनाएको छ। टिन्डाको विमानस्थलबाट केही माइल वर भिरालो जंगलमा जहाज दुर्घटनाग्रस्त भेटिएको हो। जहाज सम्पर्कविहीन भएपछि त्यसको खोजीका लागि हेलिकप्टर परिचालन गरिएको थियो।

    ती हेलिकप्टरमा सवार उद्धारकर्ताहरूले टिण्डाभन्दा अगाडि नै ‍ जंगलमा धुवाँ आइरहेको फेला पारेका थिए। उनीहरूले आकाशबाटै अवलोकन गर्दा जहाजका भग्नावशेषहरू देखिएको भनेर रूसी अधिकारीहरूलाई उद्धृत गरेर अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।

    उद्धारकर्ताहरूले जहाज दुर्घटनास्थलमा जिवित मानिस भेटिने सम्भावना नरहेको भनेका छन्। जहाज दुर्घटनापछि आगो लागिसकेको र अहिले भग्नावशेषमात्रै बाँकी रहेको देखिँदा जिवित भेटिने सम्भावना नरहेको भनेर तासले लेखेको छ।

    जहाजमा चालक दलका ६ सदस्य र ४३ जना यात्रु गरी ४९ जना सवार रहेको बताइएको छ। तीमध्ये ५ जना बालबालिका रहेका छन्।दुर्घटनाको आधिकारिक पुष्टि हुन बाँकी रहेको भनिएको छ।

    यद्यपि दुर्घटनास्थलको फोटो/भिडिओ सार्वजनिक भएको र स्थानीय अधिकारीहरूले पनि दुर्घटनाको पुष्टि गरेको भनिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ