• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    दार्चुलामा कृषि अनुदान हत्याउन जिवित व्यक्तिलाई मृत घोषणा, दुई कर्मचारी पक्राउ

    2.6K
    SHARES



    धनगढी । दार्चुलामा कृषि अनुदानको रकम हत्याउनका लागि कृषक समूहका सचिव र कोषाध्यक्षको मृत्यु भएको भन्दै बैँकलाई फर्जी पत्र पठाएको आरोपमा दुई जनालाई पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेको दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश दाहालले बताए ।

    पक्राउ परेकामध्येका धामी शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीका छोरा हुन् । दुवै जनालाई बुधबार पक्राउ गरेर लिखत सम्बन्धी कसुर किर्ते, किर्ते र अपराधिक विश्वास घात शिर्षकमा किटानी जाहेरी दर्ता गरेर सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको दाहालले बताए ।

    उनीहरुले ‘ओखर पकेट क्षेत्र’ कार्यक्रमको दुई लाख २० हजार रुपैयाँ अनुदान प्राप्त गर्नका लागि कृषक समूहका सचिव मन्जु धामी र कोषाध्यक्ष जानकी धामीको मृत्यु भएको भन्दै हस्ताक्षर परिवर्तनका लागि ग्लोबल आईएमई बैँकको गोकुलेश्वर शाखालाई पत्राचार गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ