• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    लागु औषध कारोबारी समात्दा घाइते भएका दुई सुरक्षाकर्मीलाई प्रहरी अस्पताल लगियो

    2.4K
    SHARES



    काठमाडौं । लागु औषध कारोबारीलाई समात्ने क्रममा घाइते भएका दुई प्रहरीलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्ज लगिएको छ ।

    घाइते प्रहरीलाई उपचारका लागि अस्पताल पठाइएको लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ । उपचारका लागि प्रहरी अस्पताल लगिएका प्रहरीहरूमा ब्यूरोमा कार्यरत रवीन्द्र केसी र नवराज घिसिङ छन् । उनीहरुलाई पनि चोट लागेको बताइएको छ ।

    लागु औषध कारोबारको सूचना पाएपछि ब्यूरोका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो । सो क्रममा प्रहरीमाथि नै आक्रमण भएको थियो । त्यसपछि गोली चलाएर दुई जना र थप दुई गरी चार जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।

    नियन्त्रणमा लिइएका व्यक्तिहरु भारतीय नागरिक रहेको ब्यूरोका प्रमुख तथा एसएसपी कृष्ण कोइरालाले बताए । उनीहरुको पूरा परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरुलाई कार्यालयमा ल्याउने काम भएकाले परिचय भने यकिन गर्न बाँकी नै रहेको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ