• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक जारी

    891
    SHARES



    काठमाडौँ । लामो समयदेखि जारी संसदीय गतिरोध अन्त्य गर्ने प्रयास स्वरूप विपक्षी दलका नेताहरू छलफलमा जुटेका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससमक्ष प्रस्तुत गरेको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा छलफल जारी छ।

    बैठकमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन, हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे र र आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेताहरू सहभागी छन्।

    बैठकमा रास्वपाले अघि सारेका प्रस्तावहरूमाथि केन्द्रित रहेर साझा धारणा निर्माण गर्ने प्रयास भइरहेको छ। माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ