• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    ईयूसँगको ट्यारिफसम्बन्धी वार्ताका लागि समय सीमा बढाउन ट्रम्प सहमत

    590
    SHARES



    वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (ईयू) सँगको ट्यारिफसम्बन्धी वार्ताका लागि समय सीमा ९ जुलाईसम्म बढाउने सहमति जनाएका छन्।

    यो निर्णय युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनले आइतबार ट्रम्पसँग ‘सकारात्मक फोन वार्ता’ भएको बताएको केही समयपछि आएको हो।

    गत महिना ट्रम्पले अधिकांश युरोपेली सामानहरूमा २०% ट्यारिफ घोषणा गरेका थिए, तर पछि वार्ताका लागि समय दिन भन्दै त्यसलाई १०% मा झारेका थिए र ८ जुलाईसम्मको समय दिएका थिए। शुक्रबार ट्रम्पले ईयूसँगको वार्ताको गति प्रति असन्तुष्टि व्यक्त गर्दै ट्यारिफ ५०% पुर्‍याउने चेतावनी दिएका थिए।

    ह्वाइट हाउसमा पत्रकारहरूसँग बोल्दै ट्रम्पले भने, “भोन डर लेयेनले मसँग छिट्टै भेटेर केही सहमति गर्ने प्रयास गर्ने बताएकी छन् ।” पछि ट्रुथ सोसलमा उनले लेखे, “समय सीमा बढाउनु मेरो विशेषाधिकार हो।”

    भोन डर लेयेनले यसअघि उनी अमेरिका सँग छिटो सहमति गर्न तयार रहेको भनेकी थिइन् । तर राम्रो सम्झौता गर्न ईयूलाई ९ जुलाईसम्म समय चाहिने उनको भनाई थियो ।

    शुक्रबार अपराह्न वार्ताको ढिलाइप्रति असन्तुष्टि जनाउँदै ट्रम्प ईयूसँगको वार्ताको केही घण्टाअघि, ट्रम्पले पत्रकारहरूसँग आफूले १ जूनसम्म ईयूबाट अमेरिका पठाइने सबै वस्तुमा ट्यारिफ ५०% पुर्‍याउने योजना बनाइरहेको भनेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ